आवेश र उत्तेजनामा निर्णय नलिने ओलीको भनाइ

काठमाडौं, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा निर्णय नलिने बताएका छन् ।
बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा बोल्दै ओलीले विवेकपूर्ण निर्णय लिने स्पष्ट गरे ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाइएपछि एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक उद्घाटन गर्दै ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय भने लिइने बताए ।
उनले भने,‘हामी आवेश र उत्तेजनामा निर्णय लिन्नौं । तर लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिन्छौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


