काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले मंगलबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको छ । संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको बताइएको छ ।

आइतबार कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।