काठमाडौं, २ फागुन । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बैठक बोलाएका छन् ।

न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कार्कीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरूलाई बैठकमा बोलाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् ।

जबराविरुद्ध ९८ सांसदले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारूढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।