नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, १ फागुन । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने जानकारी दिए ।
सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन एमालेले संसदीय दलको बैठक बोलाएको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


