सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, १ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुखको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका छन् ।
सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


