महाअभियोगले आफू खुसी रहेको राणाको प्रतिक्रिया

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको औपचारिक रुपमा जानकारी पाएसँगै सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।
उनले यसअघि आफ्नो राजीनामा माग गर्दा आफूलाई संवैधानिक रुपमा विधि र प्रक्रियामार्फत् हटाउन अनुरोध गर्दै आएका थिए ।
उनीविरुद्धको महाअभियोग त्यही विधिबाट ल्याइएको कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिक्रिया दिएका छन् । आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थाहा पाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पनि आफू यसमा खुसी नै रहेको प्रतिक्रिया दिएका छन् ।
उनले सार्वभौम संसदलाई महाअभियोगबारे अधिकार भएकाले र संसदले यो अधिकार प्रयोग गरेकाले आफू खुसी नै भएको बताएका छन् ।
सञ्चारकर्मीहरुलाई दिएको छोटो प्रतिक्रियामा उनले आधार पुष्टि गर्ने कुरा पछिको भएको भन्दै आफूले पहिले देखि नै विधि र प्रक्रिया हुनुपर्छ भनेको र अहिलेको कदम स्वीकार्य भएको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


