भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्य

बाँके, १ फागुन । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ ।
यसअघि शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगङ्गा नगरपालिका–३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


