काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका पिएसओको मृत्यु भएको छ ।

पूर्वसभामुख समेत रहेका महराका सुरक्षा अधिकारी नेपाल प्रहरीका सहायक निरिक्षक बुद्धिबहादुर तामाङको शनिबार ह्रदयघातबाट मृत्यु भएको हो ।

हृदयघात भएर अस्पताल लैजाँदै गर्दा तामाङको बाटोमै मृत्यु भएको महराका छोरा राहुल महराले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

दिवगंत तामाङको आजै अन्त्येष्टि गरिएको तस्बिर समेत राहुलले सार्वजनिक गरेका छन् ।