विद्यालयको सेप्टि ट्यांकमा डुबेर बालकको मृत्यु

सुनसरी, २९ माघ । सुनसरीमा विद्यालयको सेप्टि ट्यांकमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दास रहेको प्रहरीले जनाएको छ ।
सुनवर्षी नगरपालिका–९ भेडुवाथानस्थित बीपी आधारभूत विद्यालयको सेफ्टि ट्यांकीमा डुबेर दासको मृत्युु भएको हो ।
विद्यालय नजिकै चियापसल सञ्चालन गर्दै आएकी सन्तोषकी पत्नी जमुनादेवी शौचालय जाँदा उनका छोरा पनि सँगै शौचालय गएका थिए ।
विद्यालयका प्रधानाध्यापक सञ्जिव राजवंशीले स्थानीय केही युवाले महिला शौचालयको सेप्टिक ट्यांकको ढक्कन फुटाइएको कारण घटना भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


