सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु

सर्लाही, २९ माघ । सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् ।
करेन्ट लागेर मृत्यु हुनेमा जिल्लाको बागमती नगरपालिका–८ बस्ने २५ वर्षीय रामु महतो रहेको प्रहरीले जनाएको छ ।
बागमती–२ का कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर सिकिस्त भएका उनलाई अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
त्यस्तै करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षीय दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


