नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।
यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित गरिएको जिल्ला अधिवेशन अब फागुन १३ गते हुने भएको छ ।
नेपाली कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ ।
त्यस्तै, महोत्तरीको क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकोमा उक्त निर्वाचन फागुन १० गतेभित्र सम्पन्न गर्न निर्वाचन समितिले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


