एमसीसीबारे ओलीले गैरजिम्मेवार जवाफ पठाएको टिप्पणी

काठमाडौं, २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमसीसीबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवार जवाफ पठाएको टिप्पणी गरेको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ओली र प्रचण्डबीच बिहीबार साँझ फोन संवाद भएको भन्दै प्रचण्डले निर्वाचन पछि लैजाने कुरा गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसिसीमा दलहरूबीच र राष्ट्रिय रूपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं’ भन्नुभएको हो ।’
तर, ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको प्रचण्ड सचिवालयको आरोप छ । मल्लले अघि भनको छन्, ‘तर, अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक लिनु भएन । उहाँले बरु तपाईंहरूसँग बहुमत छ, पास गर्नुस् । तर, गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौं भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो । यसबारे अरू कुनै भ्रम रहन जरुरी छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


