काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बने पछिको सात महिनामा कुनै प्रगति नभएको बताएका छन् । उनले गठबन्धन सरकारले सात महिना बर्बाद बनाएको टिप्पणी गरेका हुन् ।

‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले भने, ’गठबन्धनको सरकार बनेको सात महिना पुग्यो । देशले सात महिनामा राम्रा कुरा देखेन देशको सात महिनाको अवधि बर्बाद भयो । कतिपय कुराहरू पछाडि फर्किए ।’

उनले आफूहरू संसद बैठकमा सहभागी हुने चाहेको तर सरकारले आफूहरूलाई त्यो अवसर नदिएको बताए । प्रतिपक्षको हिसाबले सक्रियतापूर्वक कुरा गर्ने अवसर उपलब्ध गराउन आग्रह गरेको पनि बताए ।

उनले सभामुख एमाले फुटाउने षड्यन्त्रमा लागेको आरोप लगाए ।