हेटौंडा, २८ माघ । चितवनमा फेरि बर्डफ्लु रोगको संक्रमण देखिएको छ । जिल्लाको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लु देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमुना सङ्कलन गरी काठमाडौं पठाइएकोमा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्डफ्लुको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।

उक्त फर्ममा २ हजार कुखुरा छन् । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ ।