दाङ, २८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ ।

इरम फुटवेयर चप्पल गोदाम रहेको चारतल्ले घरमा बिहीबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा ५ जनाको मृत्यु भएको बुझिएपनि उनीहरुको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार विद्युत्को मिटर पड्किँदा राति २ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा घोराही उपमहानगरपालिकाको दमकल खटिएका थिए ।

आगो नियन्त्रण गर्न झण्डै ५ घण्टा लागेको प्रहरीले जनाएको छ ।