सर्लाहीबाट ठूलो मात्रामा लागूऔषध बरामद

सर्लाही, २८ माघ । सर्लाहीबाट सशस्त्र प्रहरीले १२ हजार ट्याब्लेट नाईट्रोभेट बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलको गस्ती टोलीले नाईट्रोभेट ट्याब्लेट बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सुन्दरपुर चोहर्बा बेस क्याम्पको गस्ती टोलीले नाईट्रोभेट ट्याब्लेट बरामद गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।
बरहथबा नगरपालिका–१७ श्रीपुर कटानीमा ना ५५ प ९२८ नम्बरको मोटरसाईकलमा बोरा भित्र पोका पारेको अवस्थामा ट्याब्लेट बरामद गरेको छ ।
मोटरसाइकल चालक फरार भएको प्रहरी उपरीक्षक खनियाँले जानकारी दिए ।
बरामद भएको ट्याब्लेट र मोटरसाईकल थप कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


