एमसीसीलाई यथास्थितिमा स्वीकार गर्न नसकिने अध्यक्ष नेपालको धारणा

पर्सा, २८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई स्वीकार गर्न नसकिने बताएका छन् ।
समाजवादी प्रेस संगठनले शुक्रबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसीसीबारे राजनीतिक दल मात्र नभई जनता पनि एकमत हुन नसकेको बताए ।
एनले एमसीसीलाई अहिलेकै अवस्थामा अनुमोदन गर्न नसकिने बताए ।
उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ, यो पनि एउटा ठूलो चुनौती छ ।’
अध्यक्ष नेपालले एमसीसीबारे अझै राम्रोसँग अध्ययन र छलफल आवश्यक भएको बताए ।
उनले सरकारले अमेरिकी परियोजना एमसीसीको विषयमा स्पष्ट पार्नुपर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


