सर्लाही, २८ माघ । सर्लाहीमा पानी फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्लाको हरिपुर नगरपालिका–९ पिडारीस्थित रामबाबु साहले सञ्चालन गरेको राजश्री प्रोडक्सन पानी फ्याक्ट्रीमा विद्युतको तार सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट २३ लाख ३० हजार बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

आगलागीमा ३ वटा मेशिन र नगद ३ लाख ३० हजार जलेर नष्ट भएको छ ।

आगो स्थानीय र प्रहरीको संयुक्त सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।