काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै स्थानीय तहमा आफ्नो उम्मेदवार खडा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले पेश गरेको स्थानीय तह निर्वाचन विशेष कार्ययोजनामाथि छलफल भएको थियो ।

छलफलमा सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा गर्नेलगायत निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने निर्णय भएको छ ।