काठमाडौं, २७ माघ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । २८ र २९ माघमा बोलाइएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको हो ।

माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार कोरोनाका कारण बैठक स्थगित गरिएको हो ।

कोरोना संक्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने उनको भनाइ छ । माओवादीले यसअघि बैठक स्थगित गरेको थियो ।

बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने तय भएको थियो । बैठकमा एमसीसी, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको पनि चयन गर्ने बताइएको थियो ।

गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।