एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २७ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरिएको छ ।
तालिका अनुसार आगामी बैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।
बैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा बैशाख ९ गतेदेखि सुरु भएर बैशाख २० गते सकिने छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


