जनकपुरधाममा खुल्यो पहिलो माछा मसाज सेन्टर

जनकपुरधाम, २७ माघ । जनकपुरधाममा पहिलो पटक माछा मसाज सेन्टर सञ्चालनमा ल्याइएको छ ।
स्थानीय सुन्दर साहले माछाबाट मसाज गर्ने प्रविधि सहितको पहिलो मसाज सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
स्थानीय जानकी चोकमा सञ्चालमा ल्याइएको ‘स्माईली फिस मसाज’ सेन्टरको एक समारोहका बीच बिहीबार उद्घाटन गरिएको छ ।
माछाबाट मसाज गराउने प्रविधि सहितको मसाज सेन्टर जनकपुरधाममै पहिलो रहेको सञ्चालक साहले दाबी गरे । उनले काठमाडौमा महँगो भएपनि जनकपुरधामको बजार र आमनागरिकको अनुकुलु हुने गरी प्रति १५ मिनेटको दुई सय रुपैयाँ शुल्क निर्धारण गरिएको बताए ।
मसाजका लागि तुर्कीबाट प्रशिक्षित माछाहरु राखिएको उनले बताए । शरीरमा कुनै क्षति नपुर्याउने गरी ती माछाले हातखुट्टामा रहेका फोहोर र ब्याक्टेरिया सफा गर्ने उनको दाबी छ ।

हातखुट्टाको मात्र मसाज गर्ने भएपनि ब्लडप्रेसर (उच्च रक्तचाप), हात खुट्टाको फोहोर र ब्याक्टेरिया सफा गर्दा विभिन्न रोगबाट मुक्ति र थकान दुर हुने यस मसाजको प्रमुख फाइदा रहेको साहले बताए ।
माछा मसाजले शारिरीक फाइदा मात्र नभई मानसिक फाइदा समेत हुने र यो मसाजभन्दा पनि मनोरञ्जनको दृष्टिकोणले राम्रो रहेको दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


