दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ कायम

काठमाडौं, २७ माघ । सरकारी स्वामित्वको दूग्ध विकास संस्थान डिडिसीले प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
डिडिसीको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारण गरेको हो ।
योसँगै अब उपभोक्ताले पोकामा उपलब्ध हुने दूधको एक लिटरलाई ८५ रुपैयाँमा खरिद गर्नु पर्नेछ ।
बढेको मूल्य शुक्रबारदेखि लागू हुने बताइएको छ । बुधबार मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो ।
यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाउने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


