काठमाडौं, २७ माघ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ का चोपनाथ नेपाल रहेका छन् ।

मानव बेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । तर उनी फरार भएका थिए ।

पक्राउ परेका नेपाललाई कारागार चलान गरिएको छ ।