नक्कली पिसिआर रिपोर्ट बनाउने दुई जना पक्राउ

हेटौंडा, २७ माघ । चितवनमा नक्कली पिसिआर रिपोर्ट बनाउने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–१३ स्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।
नक्कली रिपोर्ट बनाएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
दुवै जनालाई माघ २५ गते पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई लिखत्सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत् म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


