दनुवारको नेतृत्वमा नेपाल आदिबासी जनजाति महासंघको ३१ सदस्यीय मधेस प्रदेश समवन्य परिषद् गठन

जनकपुरधाम, २६ माघ । नेपाल आदिबासी जनजाति महासंघ मधेस प्रदेश समवन्य परिषद्को अध्यक्षमा मनोज सिंह दनुवार सर्वसम्मत चयन भएका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न प्रथम अधिवेशनले दनुवारको नेतृत्वमा ३१ सदस्यीय मधेस प्रदेश समवन्य परिषद् गठन गरिएको हो ।
नवगठित समितिको उपाध्यक्षहरुमा कमल बहादुर पिठाकोटे मगर, दिल कुमारी चौधरी, भुवन राई, जमुना भुजेल र मोहन बहादुर माझीलाई चयन गरिएको छ भने मुख्य सचिवमा दुर्गाहरी ग्यावा तामाङ, सचिवमा छोईसल घ्लान तामाङ, विजय रंजितकार, तारा सुनुवार, बलिराम चौधरी थारु र दिपु बोट चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा पदम कुमारी राना मगर, धर्मेन्द्र कुसबडिया, रविन्द्र लाल उराँव, मनुमाया मोक्तान तामाङ, सुनिता कुमारी सिंह दनुवार, जीवन भुजेल, सपना राई र रुद्र बुर्जा मगर रहेका छन् ।
पदेन सदस्यहरुमा सप्तरीका जिल्ला अध्यक्ष बृजमान तामाङ, सिराहाका अध्यक्ष डेनोक मोक्तान तामाङ, महोत्तरीका सन्तराज तामाङ, सर्लाहीका बुद्धि बहादुर सुनुवार, रौतहटका नरेन्द्र राना मगर, बाराका रामदास धजु नेवार र पर्साका सोम लामा तामाङ चयन भएको निर्वाचन मण्डलका संयोजक गोविन्द छन्त्यालले जानकारी दिए ।
नवगठित समितिलाई नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले सपथग्रहण गराएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


