काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका भ्रातृ संगठनको महाधिवेशनका लागि नेपाल विद्यार्थी संघले दबाब दिने भएको छ ।

म्याद सकिएका भ्रातृ संगठनको महाधिवेशन गराउनका लागि नेतृत्वलाई दबाब दिन संस्थापनइतर समूहनिकट विद्यार्थीले मौन धर्ना गर्ने भएका हुन् ।

संस्थापनइतर समूहका विद्यार्थी नेताले कांग्रेसको विधान कार्यान्वयन गर्न दबाब दिन बिहीबार मौन प्रदर्शन गर्ने भएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजे मौन प्रदर्शन हुने नेविसंघका नेता भुवन भट्टले बताए ।

बिहीबार कांग्रेसको कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा म्याद सकिएका भ्रातृ संस्थाको विषयमा छलफलको एजेन्डा रहेको छ ।

सोही क्रमममा संस्थापन इतर समूहका विद्यार्थी नेताहरूले कांग्रेसको विधान कार्यान्वयन गर्नका लागि दबाब दिन धर्ना दिन लागेका हुन् ।