रौतहट, २६ माघ । रौतहटमा गहुँबारीमा एक महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार जिल्लाको ईशनाथ नगरपालिकामा एक विवाहित महिलाको शव फेला परेको हो ।

मृत फेला पर्नेमा ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुन रहेकी छन् ।

उनी मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो ।