कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादि पक्राउ

जनकपुरधाम, २५ माघ । धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–२ बस्ने ४२ वर्षीय मोहम्मद लालबाबु रहेका छन् ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लालबाबु धनुषा जिल्ला अदालतबाट धरौटी तारेखमा थिए ।
पुर्पक्षको क्रममा थुनामा राखी कारवाही गर्न उच्च अदालत जनकपुरबाट आदेश भए पश्चात उनी फरार भएका थिए ।
लालबाबुलाई खोजतलास गर्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
पक्राउ परेका लालबाबुलाई आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतको आदेश अनुसार झुम्का कारागार पठाइएको डीएसपी बस्नेतले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


