क्राईम ब्रान्चको व्यक्ति हुँ भन्दै झुक्याएर मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ

जनकपुरधाम, २५ माघ । धनुषाबाट क्राईम ब्रान्चको व्यक्ति हुँ भन्दै झुक्याएर मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ थुमौना बस्ने १९ वर्षीय टिका यादव रहेको प्रहरीले जनाएको छ ।
यादवले आफू क्राइम ब्रान्चको व्यक्ति हुँ भन्दै मोटरसाइकलको ब्लूबुक निकाल्न लगाई हेरेर यो मोटरसाईकल चोरीको हो, यसलाई अनुसन्धान गर्न जिल्लामा चेकजाँचको लागि लग्नु पर्छ भन्दै झुक्याएर डर त्रास देखाई प्रदेश–२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लूबुक लगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको अनुसन्धान टोलीले घटनामा संलग्न यादवलाई मंगलबार पक्राउ गरी चोरी भएको मोटरसाईकल र ब्लूबुकसँगै फेला पारी चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको डीएसपी बस्नेतले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


