काठमाडौं, २५ माघ । स्रोत नखुलेको ७० लाख रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ बस्ने २९ वर्षीय नवराज ढुंगाना छन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको विशेष टोलीले उनलाई मंगलबार बालाजु बाइपासबाट पक्राउ गरेको कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताए ।

उनका अनुसार ढुंगानाले हुण्डीको रकम बोकेर हिँडेको पाइएको छ । उनलाई जापान बस्ने एक युवकले रकम दिन भनेका थिए ।

ढुंगानामाथि थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइएको छ ।