जनकपुरधाम, २५ माघ । प्रेस चौतारी नेपाल धनुषाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः अवधेश कामत चयन भएका छन् ।

मंगलबार जनकपुरधाममा सम्पन्न प्रेस चौतारी नेपालको ९औँ जिल्ला अधिवेशनबाट कामतलाई अध्यक्षमा चयन गरिएको हो ।

कामतको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा ललनकुमार साह, सचिवमा विजय जयसवाल, सह–सचिवमा शंकर थापा र सुनिलकुमार साह तथा कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार ठाकुरलाई सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा चित्र श्रेष्ठ, सन्तोष मिश्र र प्रिया कर्णलाई चयन गरिएको छ ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगदीश साह र गणेश खरेललाई चयन गरिएको छ भने भगलु मण्डल र जीवनारायण झा प्रदेश प्रतिनिधि बनेका छन् ।

पदाधिकारीहरुलाई प्रेस चौतारीका मधेस प्रदेश संयोजक फणि महतले शपथ ग्रहण गराएका थिए ।