मंगलबार १ हजार ९५७ नयाँ संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं, २५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ भने ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


