कमल थापाले राप्रपा छाडे

काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।
थापाले गृहजिल्ला मकवानपुर पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
राप्रपाको एकता महाधिवेशनमा थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । पराजित भएसँगै उनी असन्तुष्टि बनेका थिए ।
थापाले महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका थिए । उनले नयाँ पार्टी खोल्ने तयारी गरिरहेको बुझिएको छ ।
थापा फागुन ७ गते नयाँ पार्टीको घोषणा गर्ने तयारीमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


