काठमाडौं, २५ माघ । प्रहरीले काठमाडौंबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० का २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तारकेश्वर नगरपालिका–११ बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र भीमदत्त नगरपालिका कञ्चनपुर घर भई बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने २७ वर्षीय खगेस खत्री छन् ।

उनीहरूको साथबाट २२ दशमलव ८ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए ।