विराटनगर, २५ माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार ताप्लेजुङ्गको याङवरकी ६५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

माघ २३ गते कोरोना संक्रमण पुष्टि भएकी महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् । ती महिलाले कोरोना विरुद्धको एक डोज पनि खोप नलगाएको डा. पोखरेलको भनाइ छ ।