खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी एक बृद्धाको उपचारको क्रममा मृत्यु

जनकपुरधाम, २५ माघ । धनुषामा खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी एक बृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरकी ८० वर्षीया मटरीदेवी पण्डित रहेकी छन् ।
केही दिनअघि खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी पण्डितको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


