निर्वाचन आयोग चुनावको तयारीमा, मतदाता नामावली संकलन आजदेखि बन्द

काठमाडौं, २५ माघ । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम मंगलबारबाट बन्द गरेको छ ।
३० बैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोकिएसँगै मतदाता नामावली संकलन कार्य बन्द गरिएको हो ।
निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए ।
‘हामी चुनावको मैदानमा भिड्न थालिसक्यौँ । अब करिब ९३ दिन बाँकी छ । हामीले समयमै चुनाव गर्न सक्छौं,’ प्रवक्ता शर्माले भने ।
स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७५३ वटै स्थानीय तहले माघभित्र विवरण आयोगमा पठाउन भनेको हो ।
आयोगले आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


