अस्पतालको बाथरुममा अचेत अवस्थामा रहेका युवक लागुऔषधसहित पक्राउ

सर्लाही, २५ माघ । सर्लाहीमा अस्पतालको बाथरुममा अचेत अवस्थामा रहेका युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–९ का २५ वर्षीय सुमित गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले लागूपदार्थको रूपमा प्रयोग हुने ईन्जेक्शनमा हाल्ने ३ प्रकारको एम्पुल सहित गुरुङलाई नियन्त्रणमा लिइएको छ ।
अस्पतालको बाथरुममा युवक अचेत अवस्थामा लडिरहेको सूचनापछि पुगेको प्रहरी टोलीले उनको साथबाट ८ एम्पुल नोर्फीन, ९ एम्पुल लाबोरेट र ९ एम्पुल फेनार्गन बरामद् गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


