काठमाडौं, २४ माघ । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।

आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।

सोमबार दिनभर भएको मतदाता नामावली दर्ता भने मान्य हुनेछ ।

निर्वाचनको घोषणा गरेपछि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।

निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ ।

दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताहरुले मात्रै आगामी स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् ।