३० बैशाखमा निर्वाचन गर्दा कुनै कानुनी समस्या नहुने

काठमाडौं, २४ माघ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्नका लागि सरकारलाई प्रस्ताव पेश गरेको थियो । यद्यपि आज बसेको मन्त्रिपरिषद् बैठकले भने ३० बैशाखमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्थानीय निर्वाचनसम्बन्धी ऐन र संविधानमा उल्लेखित व्यवस्था बाझिएको भन्दै निर्वाचन कहिले गर्ने भन्ने अन्यौलता बढेको थियो । संविधान र कानुन बाझिँदा देखिएको समस्यालाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग परामर्श पनि गरेका थिए ।
आयोगको परामर्श अनुसार क्याबिनेटले सो निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार ३० बैशाखमा निर्वाचन गर्दा कुनै कानुनी समस्या नहुने निर्वाचन आयोगले सरकारलाई जानकारी गराइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


