काठमाडौं, २४ माघ । एमसीसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गर्ने भएको छ ।

सोमबार बसेको बैठकमा भीम रावल लगायतका सांसदले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको संयुक्त पत्रमाथि प्रश्न उठाएका थिए ।

समिति सभापति पवित्रा निरौला खरेलले पनि यसरी पत्र पठाउनु अशोभनीय भएको बताइन् ।

एमसीसीबारे जनस्तरमा पनि आवाज उठेकाले आगामी बैठकमा एजेण्डा बनाएर छलफल गर्ने उनले जानकारी दिए ।