काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त भएका छन् ।उनी १२ दिनपछि कोरोनामुक्त भएका हुन् ।

‘१२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएको छु । पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । अब सार्वजनिक कार्यक्रममा फर्कनेछु,’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विट गर्दै जानकारी दिएका छन् ।

उनी १२ माघमा दोस्रोपटक कोरोना संक्रमित भएका थिए ।