काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महत पार्टीको प्रवक्ता बनेका छन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महतलाई सोमबार पार्टीको प्रवक्तामा नियुक्त गरेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

यसअघि विश्वप्रकाश शर्मा पार्टीका प्रवक्ता थिए । शर्मा १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ताको भूमिका महतलाई दिइएको हो ।