काठमाडौं, २३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र २ हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ भने ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४५ हजार २४८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।