पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको लिङ्देनको स्पष्टोक्ति

काठमाडौं, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधानबमोजिम मनोनयन गरेका पदाधिकारीलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन् ।
निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पु¥याउने बताए । पार्टीको कार्यकर्ता र शुभेच्छुकहरूलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उनले बताए ।
अध्यक्ष लिङ्देनले आइतबार मनोनीत गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा स्वागत गरेका हुन् । मनोनीत २४ जना पदाधिकारीमध्ये केही पदाधिकारी भने उपत्यकाबाहिर भएकाहरूले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


