जसपाका केन्द्रीय नेता पाठकको निधन

काठमाडौं, २३ माघ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता तथा वरिष्ठ अधिवक्ता प्रेमकृष्ण पाठकको ८२ वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार पाठकको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।
२०४२ सालसम्म रामराजप्रसाद सिंहको जनवादी मोर्चामा आवद्ध नेता पाठक गणतन्त्रवादी नेताका रुपमा चर्चित थिए ।
पाठकका एक छोरा र एक छोरी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


