उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ ।
कोरोना संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।
यसअघि ट्याक्सी र निजी सवारी साधनबाहेकका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो ।
सीसीएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले नयाँ आदेश जारी गरेर जोरबिजोर प्रणाली हटाउने छन् ।
कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सीसीएमसीले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।
विद्यालय माघभर बन्द राख्नु नै उचित हुने निष्कर्ष सिसिएमसीले निकालेको छ । सिसिएमसीले रात्रिकालीन व्यवसाय र खेलकुदसम्बन्धी गतिविधिलाई सहज बनाउन सिफारिस गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


