महोत्तरीमा हावाहुरीबाट पर्खाल भत्किँदा एकै परिवारका तीनजना घाइते, १० वटा घर क्षतिग्रस्त

महोत्तरी, २३ माघ । महोत्तरीमा हावाहुरीबाट पर्खाल भत्किँदा एकै परिवारका तीनजना घाइते भएका छन् ।
हावाहुरीको कारण पर्खाल भत्किदाँ महोत्तरीको जलेश्वर नगरपालिका–२ बस्ने मुस्ताक रहेरीको २६ वर्षीया बुहारी सोनी खातुन, १७ वर्षीया छोरी लाडली खातुन र ७ वर्षीय नाती फरहान खातुन घाइते भएका छन् ।
बुहारी खातुनको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ भने छोरी लाडलीको खुट्टामा र नाती फरहानको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
दुई तले घरको पर्खाल हावाहुरीको कारणले भत्किदा चोट लागेर उनीहरु घाइते भएका छन् ।
उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको र अवस्था सामान्य रहेको जिला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यस्तै हावाहुरीबाट महोत्तरीमा १० वटा घरमा क्षति पुगेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही बस्ने ईजराईल साह, समसाद साह, नसाद साह, दिलसाद साह, ओहिद साह, कमरुदिन नदाफ, अपसाना खातुन, मकिना खातुन, बिल्टु कापर र बिनोद महतोको घरमा हावाहुरीले क्षति पुर्याएको हो ।
उनीहरुको फुसको घर हावाहुरीले भत्काएको तथा केहिको छानो उडाएर ३ लाख २० हजार रुपैयाँ भन्दा बढीको क्षति भएको डिएसपी विष्टले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


