जनकपुरधाम, २३ माघ । मधेस प्रदेश सरकारमा आइतबार एक राज्यमन्त्री थपिएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा रौतहटका नागेन्द्र राय यादव नियुक्त भएका हुन् ।

उनलाई आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै शत्रुधन महतो उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री बनिसकेका छन् ।

योसंगै अब मधेश सरकारको मन्त्रीमण्डल १४ सदस्यीय भएको छ ।

मधेस प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ राज्यमन्त्री रहेका छन् ।